+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको ३ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

जनवाच
५ महिना अगाडी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ३ लाख बढी संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाई बैंकको सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको शेयर विभागमा आवेदन दिनुपर्नेछ ।

तोकिएको म्यादभित्र आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ