+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपाले किन बोलायो आकस्मिक बैठक ?

जनवाच
५ महिना अगाडी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी पार्टीले बैठक आह्वान भएको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ