+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै, फेरि म्याद थपिन सक्ने

जनवाच
५ महिना अगाडी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदातल पेश गरिदैछ । आवश्यक अनुसन्धानका लागि भन्दै जिल्ला अदालत कास्कीले लामिछानेलाई ७ दिनका लागि हिरासतमा राख्ने अनुमति दिएको मिति कात्तिक १४ गते नै सकिएको भएपनि तिहारको विदा पर्दा अदालतमा पेश विलम्ब हुन गएको थियो । विदा सकिएसँगै जिल्ला प्रहरी कार्यालयले कास्कीले मंगलबार नै लामिछानेलाई अदालतमा पेश गर्ने तयारी गरेको हो ।

लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले आज पनि म्याद थपको माग गर्न सक्ने बुझिएको छ । तर, पुनः म्याद थप्ने कि नथप्ने भन्ने निर्णय आज अदालतले गर्नेछ । यदि रवि लामिछानेमाथिको अनुसन्धानका लागि थप म्याद थपिए तिहार बिदा समेत गणना हुने गरी अदालतले अर्को निर्णय गर्नेछ ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए भने भोलिपल्ट कात्तिक ३ गते जिल्ला अदालत कास्कीमा पेश भएकामा उनलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

यता सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । उनको बयान ४५ पेज लामो रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ