काठमाडौं। आज अक्टुर २८ अर्थात् कात्तिक १२ गते सोमबार । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ,
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैँया ८४ पैसा रहेको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १० र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।