+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

पोखराबाट नछुट्दै रवि लामिछाने विरुद्ध जिल्ला अदालत रुपन्देहीबाट अर्को पक्राउपुर्जी जारी

जनवाच
५ महिना अगाडी

काठमाडौं । रवि लामिछाने विरुद्ध जिल्ला अदालत रुपन्देहीबाट समेत पक्राउपुर्जी जारी भएको छ । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेकै बेला रवि विरुद्ध बिहीबार जिल्ला अदालत रुपन्देही, बुटवलबाट समेत पक्राउपुर्जी जारी भएको हो ।

बुटवल स्थिति सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन तथा ठगी मुद्दामा अनुसन्धान गर्न भन्दै ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीले रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न अदालतसँग आदेश माग गरेको थियो । सोही मागका आधारमा बिहीबार जिल्ला अदालत रुपन्देहीले रविसहित १२ जनालाई पक्राउ गर्न आदेशपत्र (पक्राउपुर्जी) जारी गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेसहित किटानी जाहेरी परेका छविलाल जोशी, रवि लामिछाने, दिपक लामा, अनन्त बाबु राई, श्री बल्लम नेपाल, विशाल तामाङ्ग, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जि.सी र शिव बहादुर गुरुङ समेत गहरी जम्मा १२ जनाको नाउँमा पकाउ पूर्जी जारी भएको छ ।

यता सहकारी ठगीको मुद्दामा गत कात्तिक २ गते पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई थप अनुसन्धान गर्नका लागि अदालतले थप ७ दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ