+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए ?

जनवाच
२ दिन अगाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १८औं संस्करण केवल उपाधि जित्ने प्रतिस्पर्धामात्र थिएन, यो करोडौं रुपैयाँ पुरस्कार बटुल्ने सुनौलो अवसर पनि बन्यो। रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को पहिलो पटकको ऐतिहासिक जितसँगै ठूलो पुरस्कार राशिको बाढीसमेत आएको छ। तर उपाधि नजित्ने टिम तथा खेलाडीहरूले पनि खाली हात फर्कनु परेन।

आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएल उपाधि जित्दा २० करोड रुपैयाँको नगद पुरस्कार सहित ट्रफी आफ्नो पोल्टामा पारेको छ। खेलको उतारचढावले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो भने अन्त्यमा आरसीबीको प्रतीक्षित सपना पुरा भयो।

फाइनलमा हार बेहोरे पनि पञ्जाब किंग्सले १२.५ करोड रुपैयाँको सान्त्वना पुरस्कार हात पार्‍यो। सिजनभर उत्कृष्ट खेल प्रस्तुत गरे पनि अन्तिम क्षणको चुकले पञ्जाबलाई पहिलो उपाधिबाट वञ्चित बनायो।

  • तेस्रो स्थान मुम्बई इन्डियन्स – ७ करोड

  • चौथो स्थान गुजरात टाइटन्स – ६ करोड ५० लाख

आईपीएलको यो सिजनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीलाई पनि दरिलो पुरस्कार दिएको छ।

  • सिजनका सर्वश्रेष्ठ खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट): सूर्यकुमार यादव – १५ लाख

  • ओरेन्ज क्याप (सर्वाधिक ७५९ रन): साई सुदर्शन – १० लाख

  • पर्पल क्याप (२५ विकेट): प्रसिद्ध कृष्ण – १० लाख

  • सुपर स्ट्राइकर (१४ वर्षीय वैभव सूर्यवंशी) – पुरस्कार राशिसहितको अवार्ड

  • मोस्ट भ्यालुएबल प्लेयर: सूर्यकुमार यादव

  • मोस्ट सिक्सेस: निकोलस पुरन, डट बल किङ: मोहम्मद सिराज, कैच अफ दी सिजन: कमिंदु मेंडिस – सबैलाई १०–१० लाख रुपैयाँ प्रदान

अरूण जेटली स्टेडियम लाई पिच एन्ड ग्राउन्ड अफ दी सिजन अवार्ड दिइयो, जसअन्तर्गत ५० लाख रुपैयाँको पुरस्कार प्रदान गरियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ