+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अत्याधुनिक उपकरण र दक्ष मेकानिक्सको कारण लोकप्रिय सर्भिस सेन्टर, अटोएभ, जोरपाटि

जनवाच
६ महिना अगाडी

सुजुकि कारको सर्भिस सेन्टर मध्ये विश्वासिलो नाम हो, अटो एभ, जोरपाटि । काठमाण्डौंमा १५ बर्ष अघि पहिलो पटक मारुतीसुजुकीको आधिकारिक सर्भिस सेन्टर रहेको अटो एभले हालसम्म हजारौं सन्तुष्ट ग्राहक बनाइसकेको छ ।
अत्याधुनिक मेसिन तथा उपकरण सहित दक्ष र मेहनती मेकानिक्सको कारणले पनि यति लामो समय चल्न सकेको बताउछन् अटो एभका सँचालक मधुसुदन सिग्देल ।
विभिन्न हाइड्रोलिक र्याम, नाइट्रोजन पम्प, व्हिल अलाइनमेन्ट मेसिन, प्रेसर वासिंङ्ग पम्प लगायतका अन्य थुप्रै अत्याधुनिक उपकरण प्रयोग भएका छन् त्यहाँ ।
सुजुकि ब्राण्डका विभिन्न कार तथा अन्य सवारीसाधनको नियमित सर्भिस, मर्मतसम्भारका काम लगायत जेन्युन स्पेयर पार्ट्स समेत पाउन सकिन्छ ।
कारको डेन्टपेन्ट, कारवास समेत हुने सो सेन्टरले रोड एसिस्टको काम समेत गर्दछ । कुनै पनि ठाउँमा आफ्नो गाडि बिग्रिएमा त्यहाँ गएर सर्भिस दिने वा त्यहाँबाट गाडि सर्भिस सेन्टर ल्याएर, आवश्यक मर्मत सम्भार पछि त्यहिँ पुर्याइदिने काम समेत सो सेन्टरले गर्दै आइरहेको छ ।
तपाइले आफ्नो घर, अफिस वा अन्य कुनै पनि ठाउँमा आफ्नो गाडि बिग्रिँदा चिन्ता लिनुपर्ने वाध्यतालाई सहज बनाइदिएको छ अटो एभले ।
निक्कै रेस्पोन्सीभ कर्मचारीले गर्दा पनि अटो एभमा आफ्नो कार सर्भिस तथा मर्मत गराउन आइरहने बताउँछिन् सबिता बुढाथोकि ।
सबिताका अनुसार आफ्नो गाडिको हरेक समस्याको समाधान एकै ठाउँमा हुने भएकोले विगत धेरै बर्षदेखि आफुले त्यहिँबाट सेवा लिइरहेको बताउँछिन् ।
समय समयमा विभिन्न स्किम पनि लागु हुने हुँदा धेरै ग्राहकहरु लाभान्वित भएका छन् । नियमित सर्भिसमा बार्षिक कन्ट्रयाक्ट पनि हुने हुँदा ग्राहकलाई धेरै नै फाइदा पुगेको देखिन्छ ।
त्यसरी बार्षिक कन्ट्रयाक्टमा सेवा लिँदा नियमित सर्भिसिङ्गको साथसाथै अन्य अतिरिक्त सेवासुविधा पनि लिन पाइने हँुदा त्यसमा ग्राहकहरुको निक्कै आकर्षण देखिन्छ ।
अबको केहि समयपछि सर्भिस मात्र नभएर सुजुकिका गाडिहरुको किनबेच पनि शुरु गरिने सँचालक सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ