+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

समिट एयरको लुक्ला जदैगरेको जहाजमा समस्या: काठमाडौं फर्कियो, ठूलो दुर्घटना जोगियो

जनवाच
७ घण्टा अगाडी

काठमाडौं —सगरमाथा क्षेत्रतर्फका पर्यटक बोकेर उडेको समिट एयरको एक जहाज आज बिहान आकस्मिक रुपमा काठमाडौं फर्किएको छ। ट्वीनअटर प्रकारको जहाज लुक्ला जाँदै गर्दा रामेछाप नजिकै एक इन्जिनमा समस्या देखिएपछि पाइलटले जोखिम मोलेर विमान काठमाडौंमै ल्याएर अवतरण गराएका हुन्।

‘नाइन एन-एएमजी’ कलसाइनको जहाज बिहान ६ः१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। तर रामेछाप आकाशमा पुग्दा एक इन्जिनमा समस्या देखिएपछि जहाज दोस्रो इन्जिनको भरमा काठमाडौं फिर्ता ल्याइएको हो।

विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरू सबै सकुशल रहेको बताइएको छ। तर सो क्रममा त्रिभुवन विमानस्थलमा केहीबेरका लागि अन्य उडान–अवतरण रोकिएको थियो।

एयर ट्राफिक नियन्त्रकको समन्वयमा जहाजलाई प्राथमिकता दिँदै आकस्मिक अवतरण गराइएको थियो। “एउटा इन्जिनमा समस्या देखिएको थियो, पाइलटको चनाखोपनले ठूलो दुर्घटना टार्न सकियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ