काठमाडौं —ग्राहक सन्तुष्टि र दीर्घकालीन सम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले विराटनगरमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको छ। पूर्वका विभिन्न शहरहरू — धरान, इटहरी, दमक र बिर्तामोडलाई लक्षित गर्दै यो क्याम्प आयोजना गरिएको हो।
विराटनगरस्थित सुबेध अटो सर्भिस सेन्टरमा सञ्चालन गरिएको उक्त कार्यक्रममा ग्राहकहरूले सर्भिस तथा सुरक्षासम्बन्धी सेवा निःशुल्क रूपमा प्राप्त गरे। साथै, नयाँ ग्राहक र होण्डा प्रेमीहरूका लागि होण्डा इलेभेट गाडीको टेष्ट ड्राइभ कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
क्याम्पका क्रममा कम्पनीले विभिन्न छुटसहित निम्न सेवा उपलब्ध गराएको थियो :
-
लेबर चार्जमा २०% छुट
-
स्पेयर पार्ट्समा ७% छुट
-
ल्युब्रिकेन्टमा ५% छुट
-
एचडीएस स्क्यान सेवा निःशुल्क
-
२००१ देखि २०१४ सम्मका निश्चित मोडलमा एयरब्याग फ्रिमा परिवर्तन
साथै, कम्पनीले होण्डा सेफ्टी रि–कल अभियान अन्तर्गत सुरक्षित ड्राइभिङ सुनिश्चित गर्न पुराना मोडलमा एयरब्याग परिवर्तनको विशेष सेवा पनि प्रदान गरेको हो।
लेखकको बारेमा

प्रतिक्रिया