+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पूर्व अर्थमन्त्री पुनको गुनासो : गण्डकी आर्थिक त्रिभुज परियोजना अलपत्र पर्नु दुर्भाग्यपूर्ण

पुनको भनाइ अनुसार, यो परियोजना केवल तीनवटा सहर जोड्ने भौतिक पूर्वाधार मात्र होइन, समग्र मध्यम–पश्चिम र पश्चिम नेपालको औद्योगिक पुनर्जागरणको पूर्वाधार पनि हो। “नीति र योजनामा निरन्तरता नहुँदा विकास र जनविश्वास दुवै क्षतिग्रस्त हुन्छ

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, २९ वैशाख – पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भैरहवा, भरतपुर र पोखरालाई आर्थिक रूपमा एकीकृत गर्न प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन नहुनु ‘नीतिगत निरन्तरताको संकट’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै पुनले वर्तमान सरकारले पूर्ववर्ती सरकारको दूरदर्शी योजना बेवास्ता गरेको आरोप लगाए। “मैले बजेटमार्फत त्रिभुज परियोजना अघि सारेँ, त्योबेला हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ‘राम्रो कार्यक्रम हो’ भनेर समर्थन गर्नुभएको थियो,” पुनले स्मरण गर्दै भने, “तर अहिले त्यसलाई नीति तथा कार्यक्रममा समेटिएन, कार्यान्वयनको नाममा शून्यता छ।”

पुनको भनाइमा, गण्डकी आर्थिक त्रिभुजले नेपालको आन्तरिक उत्पादन क्षमतालाई तीन क्षेत्रमा केन्द्रित गरी औद्योगिक, व्यापारिक र कृषि रूपान्तरणमा सहयोग पुर्‍याउने दृष्टिकोण बोकेको थियो।
परियोजनाअनुसार,

  • नारायणघाट–बुटवल खण्ड: निर्माण सामग्री र हेभी उद्योगको केन्द्र

  • मुग्लिङ–पोखरा खण्ड: कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र

  • पोखरा–बुटवल खण्ड: विद्युतीय उपकरण, लत्ताकपडा, सेवामूलक उद्योगको केन्द्र

यी सबै योजनालाई वर्तमान सरकारको नीति दस्तावेजबाटै हटाइँदा आर्थिक क्षेत्रीय एकीकरण र पूर्वाधार विकासको सम्भावना कमजोर हुने खतरा बढेको पुनको चेतावनी छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ