+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

नेपाल आएका रोबर्टो कार्लोसको भ्रमणमा : ह्यावल H6 GT’ को विशेष यात्रा

जनवाच
५ घण्टा अगाडी

काठमाडौँ– विश्व प्रसिद्ध ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोसको नेपाल आगमन न केवल नेपाली फुटबलका लागि गर्वको क्षण बनेको छ, यो समय ‘गति, प्रविधि र प्रतिष्ठा’ को नयाँ संगम पनि हो। नेपाल सुपर लिग (NSL) को विशेष अतिथिका रूपमा कार्लोसको आगमनसँगै, उनको नेपाल यात्राको सम्पूर्ण यात्रा सहज, सुरक्षित र शैलीपूर्ण बनाउन ऋन् मोटर्सद्वारा आयातित ‘ह्यावल H6 GT’ इलेक्ट्रिक गाडी प्रयोगमा ल्याइएको छ।

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा ऋन् मोटर्सले यस अवसरलाई केवल ब्रान्ड प्रमोशनमा सीमित नराखी नेपाली फुटबलको अन्तर्राष्ट्रिय छवि विस्तारमा योगदान दिने अवसरको रूपमा लिएको छ।

जुनसुकै मैदानमा पनि तीव्र गतिका साथ उपस्थित हुने कार्लोसजस्तै, ‘ह्यावल H6 GT’ पनि ० देखि १०० किमी प्रतिघण्टा मात्र ६.६ सेकेन्डमै पुग्नसक्ने क्षमताले लैस छ। यस गाडीले ४३५ किलोमिटरको ड्राइभिङ रेञ्ज दिँदा, कार्लोसको खेल जीवनको निरन्तरता र ऊर्जा सम्झाइदिन्छ।

स्वचालित ड्राइभिङ प्रणाली, १९० पिएस मोटर, ४४० एनएम टर्क, र ५-स्टार सुरक्षा रेटिङजस्ता फिचरले ‘ह्यावल H6 GT’ लाई आधुनिक इलेक्ट्रिक गाडीको अग्रणी नमूना बनाएको छ। कार्लोस मैदानमा जस्तै, यस गाडीले सडकमा पनि कुशलता, सन्तुलन र स्टाइल प्रस्तुत गर्छ।

नेपाल सुपर लिगको माध्यमबाट नेपाली फुटबल अन्तर्राष्ट्रिय अनुभव र सञ्जालमा प्रवेश गरिरहेको छ। त्यही यात्रामा, ह्यावल H6 GT जस्ता विश्वस्तरीय प्रविधिहरूको सहभागिताले लिगको स्तर मात्र बढाउँदैन, फुटबलसँगै गाडीप्रेमी नेपालीहरूमाझ पनि ऊर्जा र उत्साह थप्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ