+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सात वर्षमा सुरक्षित आम्दानी : राष्ट्रिय वाणिज्य बैंक डिबेञ्चर २०८८ मा लगानीको अवसर थप एक हप्ता लाम्बियो

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, वैशाख १० –दिगो र स्थिर प्रतिफल चाहने लगानीकर्ताका लागि एक राम्रो खबर आएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ल्याएको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा आवेदन दिने समयसीमा बैशाख २१ गतेसम्म लम्बिएको छ।

यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत सुनिश्चित ब्याजदर पाइनेछ, जुन सात वर्षसम्म कायम रहनेछ। बैंकले एक हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

  • ६० प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता) व्यक्तिगत तवरबाट

  • ४० प्रतिशत (१ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता) सर्वसाधारणका लागि

    • त्यसमा पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ

    • बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्

  • न्यूनतम २५ कित्ता अनिवार्य

  • अधिकतम सीमामा कुनै प्रतिबन्ध छैन, इच्छाअनुसार सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने

सर्वसाधारण लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनका तोकिएका शाखा मार्फत आवेदन दिन सक्नेछन्।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको दुईपटक गरिनेछ – एकपटक प्रथम अर्धवार्षिक सकिएपछि र अर्कोपटक दोस्रो अर्धवार्षिकपछि। ब्याजबाट कर कटौती गरेर भुक्तानी गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ