+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पाककला मार्फत नेपाली पहिचान विश्वभर फैलाउने प्रयास : प्रवासी सेफहरू सम्मानित

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, वैशाख ५ — नेपाली भान्साबाट सुरु भएको यात्रा अब अन्तर्राष्ट्रिय कूटनीतिको मूलधारमा प्रवेश गर्दैछ। नव वर्ष २०८२ को अवसरमा सम्पन्न ‘प्रवासी नेपाली सेफ सम्मान तथा विचार गोष्ठी’ कार्यक्रमले यही सन्देश दिएको छ — पाककला पनि मुलुकको सांस्कृतिक सम्पदा र राष्ट्रिय ब्रान्ड बन्न सक्छ।

ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजना, र विभिन्न संघसंस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा विश्वका विभिन्न मुलुकहरूमा कार्यरत नेपाली सेफहरूलाई ‘ग्लोबल स्टार अवार्ड’ बाट सम्मान गरियो।

क्यानडादेखि क्यामोन आइल्याण्डसम्म, अष्ट्रेलियादेखि अमेरिका र खाडी मुलुकसम्म कार्यरत १५ जना भन्दा बढी नेपाली सेफहरूले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय भान्सामा पुर्‍याउँदै आएका छन्। उनीहरूलाई पूर्व प्रधानन्यायाधीश तथा पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा पाककला र पर्यटनको सम्बन्धमाथि केन्द्रित विचार गोष्ठी पनि आयोजना गरिएको थियो। वक्ताहरूले नेपाली खानाको मौलिकता, विविधता र पोषणयुक्त पक्षलाई समेट्दै यसको विश्वव्यापी प्रचार–प्रसार आवश्यक रहेको धारणा राखे।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले सेफहरूलाई केवल भान्सासम्म सीमित नराखी उनीहरूको भूमिकालाई सांस्कृतिक दूतका रूपमा लिनुपर्ने बताइन्। पर्यटनविद् कर्ण शाक्य, होटल संघ नेपालका अध्यक्ष विनायक शाहलगायतका वक्ताहरूले पनि पाककला क्षेत्रको संस्थागत विकास र सेफहरूलाई सम्मान दिनुपर्ने कुरामा जोड दिए।

कार्यक्रमको संयोजन गरेका न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टले भने, “नेपाली खानाको स्वादले विश्व जित्न सक्छ, यदि हामीले त्यसको पहिचान र प्रस्तुति सशक्त बनाएर अगाडि बढ्यौं भने।”

कार्यक्रममा ‘फलाङ फुड डिस्नेरी’ पुस्तकको वितरण, नवप्रभात डेरीको मोहीपान, साल्ट ट्रेडिङ्गका खाद्य सामग्री प्रदर्शनीलगायतका गतिविधिहरूले पाककला र उद्योगबीचको सहकार्यलाई उजागर गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ