+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामाग्री प्रदान

हामी प्रविधिलाई विद्यालयको कोठाभित्र ल्याएर मात्र होइन, सिकाइको केन्द्रमा राख्न चाहन्छौं — प्रधानमन्त्री ओली

जनवाच
६ दिन अगाडी

झापा, चैत ३१ —सामुदायिक विद्यालयमा प्रविधियुक्त शिक्षाको आधार बलियो बनाउने उद्देश्यका साथ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झापा, तेह्रथुम र ताप्लेजुङका विद्यालयहरूमा कम्प्युटर, स्मार्ट बोर्ड र प्रिन्टरजस्ता शैक्षिक सामग्री वितरण गरेको छ।

आईतबार दमकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सामग्री हस्तान्तरण गर्दै प्रविधिमैत्री शिक्षामा सरकारी प्राथमिकता अझ प्रस्ट बनाउनु भयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा दिन सरकार मात्र होइन, निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वितरण गरिएका सामाग्रीहरूले विद्यालयहरूमा डिजिटल शिक्षा प्रणालीलाई गति दिने बताउनुभयो। “अब विद्यालयमा ब्ल्याकबोर्ड मात्र होइन, स्मार्ट बोर्डबाट सिकाइ सुरु हुन्छ, जसले सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउँछ,” मन्त्री दाहालको भनाइ थियो।

शैक्षिक सामग्री वितरण कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गतको निर्माण व्यवसाय कोषमार्फत सञ्चालन गरिएको हो। मन्त्रालयका उपसचिव प्रकाश आचार्यका अनुसार, निजी निर्माण कम्पनीहरूको योगदानबाट सञ्चालित कोषले शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

यो पहलले ग्रामीण तथा अर्धशहरी क्षेत्रका सामुदायिक विद्यालयहरूमा समान अवसर र गुणस्तरीय शिक्षाको वातावरण तयार गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, यसले शिक्षा क्षेत्रमा सरकारी लगानीको प्रभावकारिता देखाउने सकारात्मक संकेत समेत दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ