+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

एआईको अधीनमा ‘मानव जागिर उड्दै: प्रविधि कम्पनीहरूमा कर्मचारी कटौतीको लहर

भविष्य अब केवल दक्षतामा होइन, एआईसँगको सहकार्यमा निर्भर हुनेछ। रोजगारीको सुरक्षाका लागि अब नयाँ सीप, लचिलोपन र प्रविधिसँगको घुलमिल अपरिहार्य हुँदै गएको छ।

जनवाच
६ दिन अगाडी

क्यालिफोर्निया, चैत ३१ –विश्वभरि छरिएको प्रविधिको चमकभित्र लुकेको छायाँ यतिबेला प्रष्ट देखिन थालेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI) को तीव्र विस्तारसँगै ‘मानव श्रम’ को आवश्यकता घट्दै गएको छ — र त्यसको सिधा असर अहिले गुगल, अमेजन, इन्टेल र अन्य शीर्ष प्रविधि कम्पनीहरूमा देखिन थालेको छ।

गुगलले आफ्नो प्लेटफर्म र डिभाइस डिभिजनबाट सयौं कर्मचारीलाई बिदा गरेको छ। ती कर्मचारीहरू एन्ड्रोइड सफ्टवेयर, पिक्सेल फोन र क्रोम ब्राउजरका लागि काम गरिरहेका थिए। कम्पनीले केही समयअघि स्वेच्छिक अवकाश प्रस्ताव गरेपछि अब प्रत्यक्ष रूपमा रोजगारी कटौतीमा उत्रिएको हो। गुगलका प्रवक्ताले यो निर्णयलाई “सञ्चालनमा तीव्रता र प्रभावकारिता ल्याउने प्रयास” को रूपमा व्याख्या गरेका छन्।

एआई बन्यो रोजगारीको विकल्प

यो एउटा कम्पनीमा मात्र सीमित छैन। टेक्नोलोजीको क्षेत्रमा भइरहेका पछिल्ला विकासहरू हेर्दा, अब कामदारभन्दा बढी प्राथमिकता स्वचालित प्रणालीलाई दिइँदैछ। अमेजनले मात्रै १४ हजार व्यवस्थापकीय पद हटाउने योजना बनाएको छ, जसले वार्षिक रूपमा ३ अर्ब डलर जोगाउनेछ। त्यस्तै, इन्टेल पनि आर्थिक घाटापछि पुनः संरचनाको तयारीमा जुटेको छ।

गोल्डम्यान सैक्सले आफ्नो ‘वार्षिक कार्यसम्पादन समीक्षा’ को बहानामा कर्मचारी संख्या ३–५ प्रतिशतले घटाउने योजना बनाएको छ भने, बैंक अफ अमेरिकाले पनि हालै १५० भन्दा बढी जुनियर बैंकर पद हटाएको छ — यद्यपि अधिकांशलाई अन्य भूमिकामा सारिएको छ।

यसरी, प्रविधिको द्रुत विकासले उत्पादन र लागत नियन्त्रणमा सहयोग गरे पनि, रोजगारीको सुरक्षामाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ। एआई अपनाउने होडसँगै कम्पनीहरू मानव स्रोतको सट्टा स्वचालित प्रणालीहरूमा आश्रित हुँदै गएका छन्।

विश्लेषकहरूको भनाइ अनुसार, “यो केवल सुरुवात हो। प्रविधि अनुकूल हुन नसक्ने पेशाहरू एकपछि अर्को हराउँदै जानेछन्।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ