+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षक आन्दोलनमा वार्ताको लागि ठोस समय भने अझै सरकारले टुंगोलायेन।

२० चैतदेखि काठमाडौंमा जारी आन्दोलन क्रमशः तीव्र बन्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ। आन्दोलनकारी शिक्षकरूको सडक उपस्थिति, जनस्तरको समर्थन, र शिक्षा क्षेत्रमै देखिएको अस्थिरता अब सरकारलाई वार्तातर्फ तानिरहेको देखिन्छ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २८ – शिक्षा ऐनको मागसहित राजधानीमा निरन्तर आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ताका लागि दिएको छ। यद्यपि, वार्ताको ठोस समय भने अझै टुंगोमा पुगेको छैन।

यसअघि पटक–पटक सरकारले वार्ताकाे आह्वान गर्दा महासंघले अस्वीकार गर्दै आएको थियो। तर बुधबार सरकारले चौथोपटक पठाएको वार्ता प्रस्तावलाई महासंघले गम्भीर रूपमा लिँदै चार सदस्यीय वार्ता टोली गठन गरेको छ। सो टोलीको नेतृत्व महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले गर्दैछिन्।

शिक्षक महासंघले विगतमा “एैन जारी नहुन्जेल वार्ता छैन” भन्ने कडा अडान लिँदै आएको थियो। तर अहिले अवस्था केही लचिलो देखिएको छ। संसद्को बर्खे अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन ल्याउने कुनै एक विकल्प सुनिश्चित भए वार्तामा बस्ने भन्ने सर्त राखिँदै आएको महासंघ अब वार्ताको टेबलमा बस्न तयार देखिएको छ।

शिक्षा सचिव दीपककुमार काफ्लेले बुधबार महासंघलाई औपचारिक पत्र पठाउँदै वार्तामा सहभागी हुन आग्रह गरेका थिए। सोही पत्रपछि महासंघले वार्ता टोली बनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ