+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

क्रिप्टोदेखि ‘ट्रुथ’ सम्म : कानुनी घेराबन्दीबीच ट्रम्पले बनाउँदै अर्बौंको साम्राज्य

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २५ – एक वर्षअघिसम्म कानुनी संकट र आर्थिक दबाबको भूमरीमा फसेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अहिले अचानक चर्चामा छन्— तर यसपटक उनी ‘राष्ट्रपति उम्मेदवार’ भन्दा पनि ‘अर्बपति उद्यमी’ को रूपमा ।

फोर्ब्सको २०२५ को अरबपति सूची अनुसार, ट्रम्पको कुल सम्पत्ति ५.१ बिलियन डलर पुगेको छ। यो एक वर्षको अन्तरालमै दोब्बर वृद्धि हो। ट्रम्प हाल सो सूचीमा ५०० औं स्थानमा छन्।

२०२४ मा न्यूयोर्कको अदालतले उनलाई सम्पत्तिको मूल्य फुलाएर ऋण लिएको ठहर गरेपछि, ट्रम्पमाथि ४५४ मिलियन डलर जरिवाना तिर्ने निर्णय भएको थियो। त्यो बेला उनको नगद शेष ४१३ मिलियन मात्र थियो। न्यूयोर्क महान्यायाधिवक्ता लेटिटिया जेम्सले ४० वाल स्ट्रीट जस्ता भवनहरू जफत गर्न सकिने चेतावनी दिएकी थिइन्।

तर कानुनी टोलीको कूटनीतिले जरिवाना रकम घटाएर १७५ मिलियनमा सीमित गर्न सफल भयो। यहीबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ पब्लिक गरे, जसमा समर्थकहरूले धडाधड लगानी गरे।

ट्रम्पको स्टक होल्डिङ मात्र २.६ अर्ब डलर पुगेको फोर्ब्सको आँकलन छ। उनी राष्ट्रपति चुनावमा अघि बढिरहँदा, ट्रुथ प्लेटफर्मले उनको आर्थिक पुनरुत्थानको मूल स्रोत बनेको देखिएको छ।

त्यसको साथै, क्रिप्टो करेंसीमा हात हालेपछि ट्रम्पको आम्दानी अझै चुलिएको छ। वर्ल्ड लिबर्टी फाइनान्सियल नामको क्रिप्टो प्रोजेक्टमार्फत उनी अप्रत्याशित रूपमा २४५ मिलियन डलर आम्दानी गर्न सफल भए। चुनावपछिको प्रचार र विशेषगरी क्रिप्टो उद्यमी जस्टिन सनको समर्थनले यसमा निर्णायक भूमिका खेलेको हो।

राजनीतिक मञ्चमा विवादास्पद छवि बनाएर चर्चामा आइरहने ट्रम्पले अहिले आर्थिक मोर्चामा चमत्कारिक पुनरागमन गरेका छन्। कानुनी संकटबीच पनि, व्यापारिक रणनीति, ब्राण्ड मूल्य र डिजिटल बजारको उपयोग गर्दै उनले फेरि अर्बपतिहरूको सूचीमा आफ्नो दरिलो उपस्थिति जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ