काठमाडौं, २१ चैत – लामखुट्टेको टोकाइले रातभर निद्रा बिथोल्छ? शरीरभरि चिलाउने रातो दाग देखिन थालेको छ? यदि हो भने, अब चिन्ता लिनु पर्दैन! लामखुट्टे नियन्त्रण गर्न बजारमा विभिन्न केमिकलयुक्त उपायहरू उपलब्ध छन्, तर घरेलु प्राकृतिक उपायहरू अपनाउँदा स्वास्थ्यका लागि सुरक्षित मात्र होइन, लामखुट्टे भगाउने प्रभावकारी समाधान पनि हुन्छ। यहाँ केही प्रभावकारी घरेलु उपाय प्रस्तुत छ, जसले लामखुट्टेको टोकाइबाट बचाउने मात्र होइन, तपाईंको घरलाई लामखुट्टेमुक्त बनाउन मद्दत गर्छ। पुदिनाको शक्तिपुदिनाको पातको तिखो सुगन्ध लामखुट्टेले सहन सक्दैनन्। घरको कुनाकुना वा झ्यालछेउ पुदिनाका पात राख्नुस्। थप प्रभावकारी बनाउन पुदिना तेल पानीमा मिसाएर स्प्रे गर्न सक्नुहुन्छ। लसुनको असरदार गन्धलसुनलाई पिसेर यसको रस पानीमा मिसाएर घरभरि छर्कनुहोस्। लसुनको गन्ध लामखुट्टेका लागि असह्य हुन्छ, जसले गर्दा उनीहरू टाढा भाग्छन्। तुलसीको जादूतुलसीको पात राख्दा वा यसको बोट घर वरिपरि रोप्दा लामखुट्टे घरभित्र पस्न हिचकिचाउँछन्। तुलसीको प्राकृतिक गुणले लामखुट्टेलाई टाढा राख्न प्रभावकारी भूमिका खेल्छ। नीमको शक्तिनीमको पात बालेर वा यसको पानी छर्केर लामखुट्टे भगाउन सकिन्छ। नीमको तेल पनि छालामा लगाउँदा लामखुट्टे टाढै भाग्छन्।