काठमाडौं, २० चैत । नेपाली सेनाको २२ सदस्यीय विशेष टोली राहत सामग्रीसहित म्यानमारतर्फ प्रस्थान गरेको छ।
भूकम्पबाट प्रभावित म्यानमारका पीडितहरूलाई नेपाल सरकारले मानवीय सहायता प्रदान गर्ने निर्णय गरेपछि औषधि, स्वास्थ्य उपकरण तथा आवश्यक चिकित्सक टोलीसहित नेपाली सेना उद्धार अभियानमा सहभागी भएको हो।
यस टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन विशेषज्ञ चिकित्सक, नर्स तथा प्यारामेडिकहरू समेत रहेका छन्। उद्धार तथा आपत्कालीन उपचारमा सहकार्य गर्दै नेपाली सेनाले भूकम्प पीडितहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ।

