+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

काठमाडौंमा वायु प्रदूषणको स्तर खतरनाक बन्दै

जनवाच
२ हप्ता अगाडी

काठमाडौंका –  नागरिकहरूले अहिले वायु प्रदूषणको उच्च जोखिम भोगिरहेका छन्। वातावरण विभागका अनुसार, यसपटक काठमाडौंको वायु प्रदूषण “विकराल” स्तरमा पुगेको छ, जसका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सम्भावना छ।

सोमबार र मंगलबार काठमाडौंले संसारकै सबैभन्दा प्रदूषित सहरको उपाधि जितेको थियो। बुधबारको तुलनामा वायु प्रदूषण अझै उच्च स्तरमा छ, जबकि भारतको दिल्ली अझै प्रदूषणका दृष्टिले पहिलो स्थानमा छ। आईक्यूएयरको मापन अनुसार, काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) २६८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै अस्वस्थकर छ।

प्रदूषणका मुख्य कारणहरूमा कलकारखाना, सवारी साधनबाट निस्कने धुँवा, खुला फोहोर र कृषिजन्य अवशेष जलाउने गतिविधिहरू रहेका छन्। यसका साथै, सडक र निर्माण कार्यका कारण उड्ने धुलो पनि प्रदूषण बढाउने एक प्रमुख कारण बनेको छ।

वातावरण विभागले जनस्वास्थ्यको सुरक्षा को लागि बालबालिका, वृद्ध नागरिक, श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू, मुटुका बिरामी, र गर्भवती महिलाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागले प्रदूषण नियन्त्रणको लागि ठोस कदमहरू उठाउन सुझाव दिएको छ, जसमा प्लास्टिकजन्य फोहोर र कृषिजन्य अवशेष जलाउन नगर्न, सवारी साधनहरूको नियमित मर्मत गर्न, र स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ