+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

ललितपुर महालक्ष्मी नगरपालिकामा खुकुरी आक्रमणबाट युवकको हत्या

जनवाच
१ महिना अगाडी

ललितपुर, १४ चैत – ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। प्रहरीले हत्या आरोपितलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ११ बजे रामेछापका २५ वर्षीय सुमन रसाइलीले सोही जिल्लाका ३० वर्षीय रिपक खातीमाथि खुकुरी प्रहार गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूबीच बहिनी जिस्क्याएको विषयलाई लिएर विवाद भएको र सोही क्रममा घाँटीमा खुकुरी प्रहार गरिएको बताइएको छ।

इमाडोल प्रहरीका अनुसार हत्या आरोपित सुमन रसाइलीलाई राति नै नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ