+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

शाहरुख खानको नयाँ फिल्म: ‘पुष्पा’ निर्देशक सुकुमारसँग नयाँ अवतारमा देखिँदै!

शाहरुख पहिले नै एट्लीको ‘जवान’ मा काम गरिसकेका छन्, जसले बलिउड-साउथ सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको थियो। अब, सुकुमारसँगको सहकार्यले बलिउड र साउथ फिल्म उद्योगलाई अझै मजबुत बनाउनेछ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, ६ चैत – बलिउडका ‘किंग खान’ शाहरुख खान अब दक्षिण भारतीय चर्चित निर्देशक सुकुमार संग नयाँ एक्सन ड्रामा फिल्म मा जोडिन लागेका छन्। ‘पुष्पा’ फ्रेन्चाइजबाट चर्चा कमाएका सुकुमारसँग शाहरुखको पहिलो सहकार्य हुने पक्का हुँदैछ।

  • रिपोर्टअनुसार, शाहरुख पहिलो पटक गाउँले राजनीति र सामाजिक मुद्दामा आधारित एक्सन फिल्ममा देखिनेछन्।
  • यस फिल्ममा उनको भूमिका एन्टी-हिरोको हुनेछ, जसमा उनले एकदमै कडा, देहाती र रफ-टफ लुक अपनाउनेछन्।
  • सामाजिक विभेद, जातीय उत्पीडन र ग्रामीण राजनीतिको यथार्थ चित्रण गर्ने यो फिल्म शाहरुखका अघिल्ला फिल्महरूभन्दा एकदम फरक हुने बताइएको छ।

तर, शाहरुख र सुकुमार दुवै अहिले आफ्ना अन्य प्रोजेक्टहरूमा व्यस्त छन्, जसका कारण फ्यानहरूलाई केही समय कुर्नुपर्नेछ।

  • सुकुमार हाल ‘आरसी १७’ र ‘पुष्पा ३: द र्याम्पेज’ को तयारीमा छन्।
  • शाहरुख भने ‘किंग’ र ‘पठान २’ को सुटिङमा जुटिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ