+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

‘होस्टेल-३’ ले घरेलु बक्स अफिसमा २ करोड २० लाखको कलेक्शन

जनवाच
१ महिना अगाडी

काठमाडौँ। चलचित्र ‘होस्टेल’ को तेस्रो सिरिज ‘होस्टेल-३’ले घरेलु बक्स अफिसमा शानदार व्यापार गरेको छ। ६ दिनको छोटो अवधिमा फिल्मले २ करोड २० लाख रुपैयाँको ग्रस कलेक्शन गरेको चलचित्र विकास बोर्डका तथ्याङ्कले देखाउँछन्।

फिल्म ‘होस्टेल-३’ ले अहिले दोस्रो सातामा प्रवेश गरेको छ र यो फिल्म शुक्रबारदेखि मध्यपूर्वका विभिन्न मुलुकहरू—संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ।

सशान कँडेलको निर्देशन र कथा रहेको यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ। फिल्म विद्यार्थीहरूको जीवनका रमाइलो र संघर्षलाई प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएको छ। अर्जुन तिवारीको छायांकन र विकास दाहालको सम्पादनले पनि फिल्मलाई थप प्रभावकारी बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ