+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

एनसेलले नेपाल सुपर लिगको मुख्य प्रायोजकको भूमिका सम्हाल्यो

जनवाच
१ महिना अगाडी

काठमाडौं। आगामी चैत महिनामा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजकको जिम्मेवारी एनसेलले लिन लागेको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच एनसेल र लिग आयोजक पक्षबीच प्रायोजन सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतामा नेपाल सुपर लिगकी चेयरपर्सन आश्रयता कार्की चौधरी र एनसेलको तर्फबाट उमेर मोहसिनले हस्ताक्षर गरे। सम्झौताबारे बोल्दै लिगका निर्देशक श्रेयान्स कार्कीले भने, “यो सम्झौता आगामी वर्षका लागि मात्र होइन, भविष्यमा पनि लिगलाई प्रायोजन गर्ने विकल्प खुला राखिएको छ। हामी चाहन्छौं कि यो लिग दीर्घकालसम्म अघि बढोस्।”

एनसेलका मोहसिनले नेपाल फुटबलको विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिको लागि यस सम्झौतामा हस्ताक्षर गरेको बताएका छन्। यद्यपि, सम्झौतामा समावेश रकम दुवै पक्षले सार्वजनिक गर्न चाहेनन्।

एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुने तय छ, जसमा ७ वटा टिम सहभागी हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ