+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पूर्वराजाको अभिव्यक्तिप्रति सञ्चारमन्त्री गुरुङको कडा प्रतिक्रिया

सञ्चारमन्त्री गुरुङको कडा प्रतिक्रिया राजसंस्थासम्बन्धी बहस चलिरहेका बेला आएको हो। पूर्वराजा ज्ञानेन्द्रको पछिल्ला गतिविधिहरूले राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले पूर्वराजालाई आफ्नो ‘हैसियत’ नबिर्सन चेतावनी दिँदै लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

राजतन्त्रको पुनरागमन सम्भव छैन – मन्त्री गुरुङ
मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले नेपालको लोकतान्त्रिक प्रणालीलाई अप्ठ्यारो पार्ने प्रयास भइरहेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई कटाक्ष गरे। “नेपाल उदार राष्ट्र हो। सत्ता परिवर्तनपछि राजतन्त्र अन्त्य भएको अवस्थामा पूर्वराजा कारागारमा बस्नुपर्ने हो, तर उनलाई नागार्जुन दरबारमा बस्ने सुविधा दिइयो। तर, उनी नै अहिले पुनरागमनको कुरा गरेर व्यवस्थामाथि नै चुनौती दिन खोजिरहेका छन्, जसले उनी आफ्नो हैसियत बिर्सिएका छन् भन्ने देखाउँछ,” उनले भने।

‘राजाले देश बचाउँछ भन्ने धारणा गलत’
मन्त्री गुरुङले लोकतन्त्रलाई विकल्पविहीन बनाइसकेको उल्लेख गर्दै राजसंस्थाले अब फर्कने कुनै ठाउँ नभएको दाबी गरे। “राजाले देश बचाउँछ भन्ने सोच अहिलेको विश्वव्यवस्थामा उपयुक्त छैन। आफ्नो सुरक्षा गर्न नसक्ने, दरबारसमेत जोगाउन नसक्ने राजतन्त्रले जनताको भविष्य सुरक्षित गर्छ भन्ने कुरा अवास्तविक छ,” उनले भने।

लोकतन्त्रभित्र पनि विरोधको सीमा हुन्छ
मन्त्री गुरुङले लोकतन्त्रमा विचार व्यक्त गर्ने स्वतन्त्रता भए पनि यसको सीमा रहने बताए। “लोकतन्त्रभित्र पनि नियम र विधि हुन्छन्। व्यक्तिगत अधिकार प्रयोग गर्दा राष्ट्र, संविधान र लोकतान्त्रिक मूल्य मान्यताभित्र रहनुपर्छ। गणतन्त्रको विकल्प खोज्नेहरू लोकतान्त्रिक धारमा पर्छन् कि पर्दैनन् भनेर सोच्न जरुरी छ,” उनले थपे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ