काठमाडौं,नेकपा एमालेको सचिवालय बैठक आज अपराह्न २ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा सरकारद्वारा ल्याइएका अध्यादेश पारित गर्ने वा फिर्ता लिने विषयमा छलफल हुने बुझिएको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले अध्यादेशको विषयमा कडा अडान लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आफ्नो सरकारद्वारा प्रस्तुत अध्यादेश संसदमै अप्ठ्यारोमा पर्ने सम्भावना देखेपछि ओली दबाब महशुस गरिरहेका छन्।
सरकारमै रहेका दलहरूकै असहमति झेलिरहेका प्रधानमन्त्री ओली अब अध्यादेश अघि बढाउने कि फिर्ता लिने भन्ने विषयमा रणनीतिक निर्णय लिने तयारीमा रहेको बताइएको छ। बैठकमा सत्ता साझेदारी, संसद्मा देखिएको गतिरोध र आगामी रणनीति बारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।