+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

युवाशक्तिको विदेश पलायन रोक्न राष्ट्रपतिको अपिल

उनले सबै नीति निर्माता, युवा तथा नागरिक समाजलाई विदेश पलायन रोक्ने दीर्घकालीन योजना बनाउन आग्रह गर्दै भने, ‘अबको समय समस्या मात्र देख्ने होइन, समाधान खोज्ने र कार्यान्वयन गर्ने हो।

जनवाच
१ महिना अगाडी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका युवाहरूको विदेश पलायनलाई रोक्न अब गम्भीर कदम चाल्नु पर्ने बताएका छन्। देशको समृद्धि र विकासको प्रमुख आधार युवा शक्ति भएकाले उनीहरूको उचित उपयोग नगर्ने हो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ।

श्रीमद्भगवत् ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव २०८१ एवम् देवालय सराङकोट धामको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले युवाहरूको विदेश मोहलाई स्वदेशमै अवसर सिर्जना गरेर रोक्नुपर्ने बताए। ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै धेरै उपलब्धिहरू हासिल गरेका छौँ। तर अबको प्रमुख चुनौती भनेकै युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउनु हो,’ उनले भने।

राष्ट्रपतिले नेपालमा असीमित सम्भावना भएको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि पर्यटन, कृषि, उर्जा, सूचना प्रविधि, र अन्य उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यहाँको पर्यटन क्षेत्रमा ठूलै सुधार आउने विश्वास व्यक्त गरे।

‘पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यता र पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकेमा देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। त्यसैले निजी क्षेत्र, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबैले समन्वय गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ,’ पौडेलले जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ