+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

रिसको बादल हट्दै, नारायणकाजी फेरि माओवादी अभियानमा सक्रिय

माओवादी नेतृत्वले यो अभियानलाई "जनतासँग पुनः फर्कने अभियान" कोरूपमा लिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १५ – केही दिनअघि असन्तुष्ट हुँदै तराई मधेश जागरण अभियानबाट बाहिरिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ फेरि अभियानमा सक्रिय भएका छन्।

झापाको कचनकवलबाट चार दिनअघि सुरू भएको अभियानको उद्घाटन समारोहमा आफूलाई बोल्न नदिएको भन्दै उनले अभियान छाडेका थिए। चितवन पुगेपछि सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै माफीसमेत मागेका श्रेष्ठ बिहीबार सुनसरीमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रम सञ्चालनका क्रममा झापा संयोजक राजु आचार्यसँग सवालजवाफ गरेपछि श्रेष्ठ असन्तुष्ट बनेका थिए। सोही घटनापछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत स्पष्टीकरण दिनुपरेको थियो।

अब भने श्रेष्ठ पुनः अभियानमा जोडिएर सहभागी भइरहेका छन्। माओवादी नेतृत्वले यो अभियानलाई “जनतासँग पुनः फर्कने अभियान” को  अरूपमा लिएको छ।ध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू सक्रिय रहँदा, उनले पनि पुनः साथ दिएका छन्। झापा र मोरङमा आयोजित कार्यक्रमहरूमा प्रचण्डले माओवादी फेरि २०६४ सालकै अवस्थामा फर्किन लागेको दाबी गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ