+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अर्थ समितिको बैठक आज, भन्सार विधेयकमाथि छलफल हुने

जनवाच
१ महिना अगाडी

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक आज बिहान १० बजे बस्ने भएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग विस्तृत छलफल गरिनेछ। नेपालमा भन्सार नीति सुधार, व्यापार सहजीकरण, तथा आधुनिक व्यवस्थापनका लागि उक्त विधेयकलाई महत्त्वपूर्ण मानिएको छ।

यस विधेयकले व्यापार तथा भन्सार नीतिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बैठकबाट भन्सार सुधार तथा राजस्व व्यवस्थापन सम्बन्धी महत्वपूर्ण नीतिगत निर्णयहरू आउने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ