काठमाडौं । बीमा क्षेत्रका अनुभवी प्रशासक कवि फुयाँल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा नियुक्त भएका छन्।
यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा थिए। उनले आइएमई लाइफमा दुई कार्यकाल पूरा गर्दै भदौ ६ गते राजीनामा दिएका थिए। अब उनले आफ्नो लामो अनुभवलाई सन नेपाल लाइफमा उपयोग गर्दै नयाँ जिम्मेवारी सम्हाल्नेछन्।
बीमा क्षेत्रमा लामो अनुभव भएका फुयाँलको नेतृत्वले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।