+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली बजारमा आरजेडएमका १५ र १६ सिटर ईभी भ्यान, लामो यात्राका लागि उत्कृष्ट विकल्प

नेसनल मोटर्सको ३८ वर्ष लामो इतिहास र आरजेडएमको अन्तर्राष्ट्रिय प्रतिष्ठा भएको ब्रान्डका कारण यी ईभी भ्यानहरू नेपालमा लोकप्रिय हुने अपेक्षा गरिएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं – विद्युतीय सवारीसाधनको बढ्दो मागलाई मध्यनजर गर्दै नेपाली बजारमा चीनको चर्चित कम्पनी शाङच आरजेडएम अटो द्वारा निर्मित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएको छ। नेसनल मोटर्सराठी ट्रेडिङ को संयुक्त सहकार्यमा नेपाल ल्याइएका यी भ्यानहरू व्यवसायिक यातायात, पर्यटन र लक्जरी यात्रा क्षेत्रका लागि उपयुक्त मानिएका छन्।

नेपाली बजारमा विद्युतीय भ्यानको नयाँ अध्याय

एक विशेष कार्यक्रममा नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी, तथा शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुन ले सहकार्यको घोषणा गरे।

कार्यक्रममा आरजेडएम अटो नेपालका सीईओ मनोज खतिवडा ले यी भ्यानहरू भित्र्याउनुको कारण र विशेषताबारे जानकारी गराए। साथै, नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज बिक्रम शाह ले कम्पनीको इतिहास र विद्युतीय सवारीसाधन बजारमा आरजेडएमको थपिएको योगदानबारे चर्चा गरे।

१५ सिटर ई५ र १६ सिटर आर५ को विशेषता

ई५ (१५ सिटर भ्यान)

५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री
२५०-३०० किलोमिटर रेन्ज (डब्लुएलटीपी अनुसार ३०० किमि)
१०० किलोवाट पिक पावर र ५० किलोवाट रेटेड पावर
३०० एनएम टर्क, २०० एमएम ग्राउन्ड क्लियरेन्स

आर५ (१६ सिटर भ्यान)

७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री
३६६ किलोमिटर (डब्लुएलटीपी अनुसार) रेन्ज
१२० किलोवाट पिक पावर, ६० किलोवाट रेटेड पावर
३५० एनएम टर्क, १८० एमएम ग्राउन्ड क्लियरेन्स

यी भ्यानहरू विशेष गरी लामो यात्राका लागि डिजाइन गरिएका छन्। ६० किलोवाट क्षमताको चार्जर प्रयोग गरी ४५ मिनेटमै चार्ज गर्न सकिने भएकाले लामो यात्रामा पनि सहज हुने कम्पनीको दाबी छ। पोखरा-काठमाडौँ परीक्षणमा एक पटकको चार्जमा ५१% ब्याट्री बाँकी रहनु यसको ऊर्जा दक्षताको प्रमाण हो।

नेपाली सडकअनुकूल सुधार गरिएको डिजाईन

कम्पनीका अनुसार यी भ्यानहरू नेपाली सडक अनुकूल बनाउन परीक्षणपछि आवश्यक सुधार गरी ल्याइएका छन्। विशेषगरी सिट संरचना र अन्य प्रविधिहरू नेपाली यात्रुहरूको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

बिक्री तथा सेवा सञ्जाल विस्तार

नेसनल मोटर्सले नेपालभर १२ भन्दा बढी स्थानमा सर्भिस नेटवर्क उपलब्ध गराइसकेको छ। आरजेडएम भ्यानहरूको बिक्रीपछिको सेवा सुनिश्चित गर्न सर्भिस तालिम र आवश्यक स्पेयर पार्ट्सको आपूर्ति पनि सुरु गरिएको कम्पनीले जनाएको छ।

मूल्य र उपलब्धता

ई५ (१५ सिटर) – रु. ५४.२५ लाख

आर५ (१६ सिटर) – रु. ७३.५० लाख

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ