+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार भाउ

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढ्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ ११ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ११ सय रुपैयाँले बढेर एक लाख ७० हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ९८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ