काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
युके–नेपाल बिजनेश फोरम द्वारा आयोजित “अनप्याकिङ नेपाल: मार्केट अपर्च्युनिटीज फर युके बिजनेश” शेसनमा अध्यक्ष ढकालले नेपालमा हालै लागू भएका ३० भन्दा बढी कानूनी सुधारहरूको बारेमा जानकारी दिँदै, यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा मद्दत पुर्याएको बताए।
द्विपक्षीय सम्झौताले लगानी र व्यापारमा विश्वासको वृद्धि
अध्यक्ष ढकालले नेपाल र बेलायत बीचको द्विपक्षीय लगानी सम्झौतामा पनि सकारात्मक भूमिका रहेको बताए। यस सम्झौताले बेलायती लगानीकर्ताहरूको सुरक्षा र व्यापार सम्बन्धको सहजता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै भने, “यो सम्झौताले नेपाल र बेलायत बीचको विश्वासलाई बलियो बनाउँछ।”
नेपालका सम्भावनापूर्ण क्षेत्रमा लगानीका अवसर
अध्यक्ष ढकालले नेपालको भविष्य उज्जवल भएको उल्लेख गर्दै ऊर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार, स्वास्थ्य सेवा र सूचना प्रविधि जस्ता क्षेत्रमा बेलायती व्यवसायीहरूलाई लगानीका अवसरहरू पहिचान गर्न आह्वान गरे। उनले भने, “नेपाल सम्भावनापूर्ण देश हो र यहाँ लगानी गर्दा दीर्घकालीन लाभ मिल्नेछ।”
महासंघको सहजीकरण र निरन्तर सुधार
अध्यक्ष ढकालले महासंघको पहलमा १० अर्ब रुपैयाँको पूँजी भएको कम्पनी स्थापनासँगै स्थानीय लगानीकर्तासँग सहजीकरण गर्ने कार्य पनि भइरहेको जानकारी दिए। उनले महासंघका प्रयासलाई विशेष ध्यान दिँदै भने, “नेपालमा लगानी गर्न चाहने व्यवसायीहरूको लागि महासंघ सधैं सहजीकरणको लागि तयार छ