+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऊर्जा

ऊर्जा उत्पादनको नयाँ गन्तव्य: ताप्लेजुङ

जनवाच
२ महिना अगाडी

 

काठमाडौं, फागुन ६ – ताप्लेजुङमा निर्माण हुन लागेको ३०.२४ मेगावाट क्षमताको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड जडान (कनेक्सन) सम्झौता सम्पन्न भएको छ।

सोमबार आयोजना प्रवर्द्धक एटलस इनर्जी प्रा. लि. र नेपाल विद्युत् प्राधिकरण बीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य हस्ताक्षर गरेका छन्।

२०२९ भित्र सम्पन्न गर्ने लक्ष्य

आयोजनाले ६.५ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरी २२०/१३२ केभीको हाङपाङ सबस्टेसन मा विद्युत् प्रवाह गर्नेछ। आयोजनाका निर्देशक तथा इप्पानका महासचिव बलराम खतिवडाका अनुसार, २०२६ मा निर्माण सुरु भई २०२९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ऊर्जा उत्पादनको नयाँ गन्तव्य: ताप्लेजुङ

ताप्लेजुङको फत्तालुङ गाउँपालिका मा निर्माण हुने यो आयोजनाले स्थानीय विकाससँगै राष्ट्रिय विद्युत् आपूर्तिमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ