काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको छ । आइतबार बसेको बीमा प्राधिकरणको अध्यक्ष छनोट तथा सिफारिस समितिको बैठकले पाँच जनाको नामको नाम सर्ट लिस्टमा निकालेको हो ।
सोमबार बिहानै सार्वजनिक सर्ट लिस्ट सूचीमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।
साथै, अर्थ मन्त्रालयले छनौट सूचीमा परेका पाँच जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पनि बोलाएको छ ।
अन्तर्वार्ता यही फागुन ११ गते दिउँसो २ बजे अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हुनेछ । प्राधिकरणले पुस २६ मा एक सूचना प्रकाशित गर्दै अध्यक्ष पदका लागि दरखास्त खुलाएको थियो । जसमा १२ जनाको आवेदन परेको थियो ।
यसअघिका अध्यक्ष सूर्य सिलवालबिरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट निलम्बनमा परेका थिए ।
