+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको २५ करोड ७३ लाख नाफा

जनवाच
२ महिना अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ११ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५५ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कमिशनबाट हुने आय १.३६ प्रतिशतले बढेर ३३ करोड ५७ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ