+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाणिज्य

कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने :मन्त्री भण्डारी

जनवाच
२ महिना अगाडी

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुदै  ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहको  क्रममा  उनले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताए ।

कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उनले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिएका छन्  ।

सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीले भने । अब लाइन होइन अनलाइन भनेर बुझ्नुपर्छ, जो कर्मचारीलाई प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइन प्रणामीमा काम गर्दा अप्ठ्यारो लाग्छ उसले अन्यत्र जानका लागि तयारी गर्नुस् ।

मन्त्रालय मातहतकै केही निकायका कर्मचारीहरूलाई अटोमेशन प्रणाली चित्त नबुझेकोमा असन्तुष्टि व्यक्त गरे  । सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई  निर्देशन दिए  ।

मन्त्री भण्डारीले केही कर्मचारीहरू आफ्नो व्यक्तिगत लाभका लागि सङ्गठनमा आबद्ध हुने गरेको समेत बताए  । उनले भने ,  केही कर्मचारीहरू सङ्गठनको मर्म, भावना, मूल्य र मान्यता विपरीत गलत कर्मबाट जोगिनका लागि सङ्गठनको साथ लिने गरेको पाइन्छ, पहिला यो प्रवृत्ति पुर्ण रूपले हटाउनुस्, त्यसपछि सङ्गठनमा आबद्ध हुनुस् ।

मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पु¥याउनका लागि सङ्गठनमा कामगर्न आग्रह गरेका छन्  । सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उनको  जोड रयो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ