+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागलुङ बजारमा बाढी

पसल र घरमा क्षति

९ महिना अगाडी

बुँधबार साँझदेखि परेको वर्षापछि  आएको बाढीले सदरमुकाम बागलुङ बजारका पसल र घरमा क्षति पुर्याएको छ । बागलुङ नगरपालिका २ हाँडेपाखाको नालीबाट श्रीनगरटोलहुँदै क्याम्पस चोक, बालमन्दिर रोड, लोकतान्त्रिक चोक, हल्लनचोकका पसल र घरमा क्षति पुर्याएको हो ।

मध्यपहाडी लोकमार्ग र हाडेपाखाबाट आएको बाढीले पसल र घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीको कारण बागलुङ नगरपालिका–२ श्रीनगरटोलको हरिकृष्ण सप्लायर्स, लक्ष्मी रेष्टुरेन्ट सहित श्रीनगरटोल, क्याम्पस चोकमा रहेका अधिकांश घर र पसलहरु, लोकतान्त्रिक चोकमा रहेका पसलहरुमा क्षति पुगेको छ । पसलमा भएका सामानहरुमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीहरुले बताएका छन् ।

बाढीले बानपा–२ हाडेपाखास्थित कुखुरा फार्मका करिब १ हजार बोइलर कुखुरा मरेका छन् । बजारमा बाढी पसेपछि उद्वारा प्रहरी र विपद व्यवस्थापन गुल्मबाट प्रहरीहरु खटिएको थियो । बाढीबाट भएको क्षतिबारे विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ