+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अरुण भ्याली हाइड्रोपावरको नाफा १९ करोड ४२ लाख

जनवाच
२ महिना अगाडी

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७३४.९४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ३२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले बिजुली बेचेर गर्ने आम्दानी बढेको छ भने कम्पनीको खर्च घटेको छ । त्यसैले गर्दा पनि कम्पनीको नाफा बढेको हो ।
चालु आवको पुस मसान्तसम्म कम्पनीले बिजुली बेचेर १४ करोड १२ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत बर्षको सोही अवधिमा ३ करोड २० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्तीय खर्च १२ करोड २४ लाख ९९ हजार रुपैयाँबाट घटेर ७ करोड ७३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १० रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ