+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बार्ता आह्वान

पाथीभरा केबलकार विरुद्धको ‘नो केबलकार’ आन्दोलनरत पक्ष वार्तामा बस्न तयार

जनवाच
२ महिना अगाडी

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधिन केबलकार विरुद्धको आन्दोलनरत पक्ष बार्तामा बस्न तयार भएको छ । कोशि प्रदेश सिथति ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा संघीय सरकारले आन्दोलनरत पक्षसँग बार्ता गर्ने भएपछि आन्दोलनरत स्थानीय बार्तामा बस्न तयार भएका हुन् ।

सरकारसँग बार्तामा बस्न आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।

सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

यस्तै यता आन्दोलनरत पक्षले पनि आफूहरु वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्ने सकारात्मक रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

साथै सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लंघनको गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ