+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जस्मिन पेन्ट्सले ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

जनवाच
३ महिना अगाडी

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ दरका ५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमकाबीच जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ