+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्योग मन्त्री भण्डारीले भने– पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छ

जनवाच
३ महिना अगाडी

काठ्माण्डौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।
नेपाल निर्यात परिषदको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सोमबार विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताए ।

उनले लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको समेत बताए । सोही अवसरमा मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजिक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको छ । त्यसले नेपालको उत्पादनमा असर परिरहेको अवस्थामा उक्त श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाई रोजगारी बढाउनु पर्दछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो ।’

विभिन्न उत्पादित वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भरका लागि र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने आवश्यकता टड्कारो भईसकेको बताउँदै मन्त्री भण्डारीले त्यसका लागि सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

विगत २७ वर्षदेखी नेपाल निर्यात परिषदले समग्र राष्ट्रको निर्यात व्यापार तथा व्यवसायमा आईपर्ने विभिन्न समस्याहरु सरकार तथा सम्बन्धित निकायहरुसंग सहकार्य गर्दै व्यवस्थित रुपमा समाधानतर्फ लाग्नुपर्ने उनले बताए ।

सम्पूर्ण निर्यात योग्य बस्तुहरुको निर्यात व्यवसायमा संलग्न उद्यमी, व्यवसायीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने उनले बताए । फेरीपनि देशमा निर्यातित वस्तुहरु आयातितको दाँजोमा निकै गौण हुनु हाम्रो दुर्भाग्य बनिरहेको बताउँदै मन्त्री भण्डारीले हाम्रा उत्पादन विश्व बजारमा उच्च माग रहँदारहँदै पनि निर्यात गर्न नसकिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ