+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भाडा वृद्धि

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कहाँ कति पुग्यो ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पुस २२ गते अर्थात् सोमबारबाटै लागू हुनेगरी सरकारले यात्रुबाहक सवारी साधनको भाडा अधिकतम ३.३० प्रतिशतले बढेको हो ।

यातायात व्यवस्था विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा भने ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय गरेको छ । त्यसोत १५ महिनापछि सार्वजनिक यातायातको भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भाडा बढाउन विभागलाई यही गएको पुस ११ मा अनुमति दिएका थिए । यसअघि २०८० साउनमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको थियो ।

विभागले सार्वजनिक यातायात सञ्चालनका लागि हुने लगानी र खर्चको अध्ययन र विश्लेषण, श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा भाडा समायोजन गरिएको दावी गरेको छ ।

तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्नेछन् । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने शर्त राखिएको छ । सुपर डिलक्स सुविधा लिएका सवारी साधनले पनि थप २० प्रतिशत भाडा लिन पाउने छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ