+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रितेश मित्तलको नेतृत्वमा मुद्रा विप्रेषक संघको नयाँ नेतृत्व चयन

जनवाच
३ महिना अगाडी

काठमाडौं । रितेश मित्तलको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संघको १९औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

मित्तल नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.का सञ्चालक हुन् । संघको उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा.लि. महासचिवमा दिवाकर पौडेल ( आईएमई लिमिटेड), कोषाध्यक्षमा संजिव पाठक (एटिटि रेमिट प्रा.लि) सचिवमा रामेश्वर सापकोटा (प्रभु मनि ट्रान्स्फर प्रा.लि., कार्यसमिति सदस्यहरुमा विमल महत (सिद्धार्थ बैंक) श्यामप्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक) मधुसुदन न्यौपाने (प्रभु बैंक) र सुदन सिंह सिलवाल (युनाईटेड रेमिट प्रा.लि) चयन भएका छन् ।

संघको विधानअनुसार अध्यक्षबाट मनोनित हुने एक जना सदस्यलाई आगामी कार्यसमिति बैठकबाट निर्णय हुने बताइएको छ । सभामा निवर्तमान अध्यक्ष चन्द्र टण्डनले संघको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्ने बताएका थिए ।

नवनिर्वाचित अध्यक्ष मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि काम गर्ने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ