काठमाडौं । उपेन्द्र पौड्यालको नेतृत्वमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्मपन्न परिसंघको पाँचौं वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेल परिसंघको अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
यस्तै, परिसंघको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली र महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् ।
यस्तै सचिव पदमा भने विकास बैंकबाट महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी गरेकाले यसमा टुंगो लाग्न बाँकी रहेको सिविफिनले जानकारी दिएको छ ।
कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्।
यस्तै सदस्यहरुमा राजाराम खड्का (कुमारी बैंक), डा. बाल गोपाल वैद्य (एभरेष्ट बैंक), लिला प्रकाश सिटौला (प्रभु बैंक), मनोज कुमार गोयल (एनएमबी बैंक), डा. चन्द्र बहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदिप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मी प्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) सर्वसम्मत चयन भएका छन् ।