+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह

दोधारा चाँदनी सुख्खा बन्दरगाहका लागि रुख कटानको स्वीकृति कुर्दै इन्टरमोडल यातायात

जनवाच
३ महिना अगाडी

काठमाडौं । मुलुकको व्यापार सहजीकरणका लागि आवश्यक पूवार्धार निर्माणको योजना अनुसार सरकारले पश्चिम कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको तयारी गरिरहेको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस परियोजनाका लागि नेपाल सरकार र भारत सरकारबी गत जुन १, २०२३ मा समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर भएपश्चात निर्मातकर्ता नेपाल इन्टरमोडल यातायात विकास समितिबाट यस परियोजनाको २०८० वैशाख १७ गते वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० भएको थियो । यस लगत्तै भएको परिमार्जित वातावरणीय व्यवस्थापन योजनाको प्रतिवेदन २०८१ भदौ ७ गते वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो । जसअनुसार प्रस्तावित आयोजनाका लागि ४२।३६ हेक्टर जग्गा तोकिएको छ । तर उक्त जग्गा मध्यवर्ती क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हाता भित्र पर्नेहुँदा निकुञ्जबाट स्वीकृति लिनुपर्ने थियो ।

एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको राष्ट्रिय वनको ४२।३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीका १७०२ गोटा रुख र पोलहरु हटाउन मन्त्रिपरिषदको असोज २ गतेको निर्णय अनुसार स्वीकृति प्रदान गरेको थियो।

मन्त्रिपरिषदको उक्त निर्णयानुसार रुख कटान कार्यको लागि संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० अनुसार दोधारा चाँदनी एकीकृत जाँच चौकी आयोजना निर्माणको लागि प्रयोग हुने ४२।३६ हेक्टर क्षेत्रफलमा नघट्ने गरी सट्टाभर्ना स्वरुप नेपाल सरकारलाई जग्गा उपलब्ध गराउनु पर्ने सर्त छ ।

यद्यपि, नेपाल सरकारलाई सट्टाभर्ना स्वरुप बुझाउनु पर्ने जग्गा तत्काल उपलब्ध गराउन नसकिएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई वन विकासको लागि जग्गा खरिद गर्ने प्रयोजनको लागि १४ करोड ८२ लाख ६० हजार रुपियाँ मितिले बुझाउनु पर्ने भएको छ ।

उक्त रकम यहीँ पुस ९ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको कोषमा जम्मा गरिसकिएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक ईन्जिनियर आशिष गजुरेलले जानकारी दिए । योसँगै उक्त प्रस्तावित स्थानमा भएका विभिन्न प्रजातीका १७०२ वटा रुख र पोलहरु हटाउने कार्यको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट स्वीकृत आदेश समितिले पर्खिरहेको गजुरेलले जानकारी दिए ।

रुख कटानको स्वीकृतिको लागि यस समितिबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा नियमित सम्पर्क गरिरहेको र आदेश, स्वीकृति प्राप्त भएपछि रुख कटानको लागि प्रकृया अघि बढाइने उनले बताए ।

साथै, एकीकृत जाँच चौकी निर्माण गर्न भारतीय पक्षबाट कम्पनि छनौटको लागि टेन्डरको तयारी गरी सकेको र रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित गर्ने जानकारी भारतीय दुतावासबाट प्राप्त भएको जानकारी समेत कार्यकारी निर्देशक गजुरेलले दिए ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार सहित निर्माण हुन लागेको यस आयोजना अन्तर्गत सडक, पार्किङ्ग क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छीरखाद्य प्रयोगशाला ९क्वारेन्टाइन० प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुनेछ । यस आयोजनाको कुल लागत करिव ५ अर्ब ७६ करोड रुपियाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ