काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार विहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले नै मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले र डिजेल र मट्टितेलको प्रतिलिटर १.२८ रुपैयाँले घटेर आएकोले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १५ डलरले बढेको निगमले जनाएको छ । तर, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
