काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले रिक्त कार्यकारी प्रमुख पदमा पन्दाकलाई नियुक्त गरेको हो ।
पन्दाक यसअघि सोही कम्पनीमा सञ्चालकका रुपमा काम गर्दै आइरहेकी थिइन् ।