काठमाडौं । नबिल बैंकको वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा मनोज ज्ञवालीको बढुवा भएका छन् । बैंक सञ्चालक समितिको गत बिहीबारको बैठकले ज्ञवालीलाई डीसीईओबाट सिनियर डीसीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो ।
योसँगै ज्ञवालीले आइतबारदेखि सिनियर डीसीईओको रुपमा काम थालेका छन् ।
यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । लगातार बढुवा हुँदै हाल उनी वरिष्ठ डीसीईओ हुन पुगेका हुन् ।