काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । बैंकले नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) को लाइसेन्स खारेज गरेको हो ।
यी कम्पनी रेमिट्यान्स (विप्रेषण) कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र लिएका थिए । तर उनीहरुले लिएको इजाजतपत्र राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) अनुसार खारेज हुने देखिएको बताइएको छ ।
साथै, यी तीन कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
उक्त अवधिभित्र लेनदेन रकम दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान गरिने बताइएको छ ।